रोल्पामा आफैमाथि गोली चलाएका एक युवकको उपचार जारी छ।
जिल्लाको परिवर्तन गाउँपालिका–५ त्रिवेणी पसल संचालन गर्दै आएका ३६ वर्षीय दिलकुमार डाँगीले भरुवा बन्दुक बाट आफैमाथि गोली चलाएपछि गम्भीर घाइते छन् ।
थवाङ गाउँपालिका – ३ मिरुलका वलीले कोठामा भाडामा लिएर त्रिवेणीमा पसल संचालन गर्दै आएका थिए ।
पुस १७ गते राति १० बजेतिर दिलकुमारले आफै माथि गोली प्रहार गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले बताए ।
आफूमाथि गोली प्रहार गर्नु पूर्व दिलकुमारले आफ्नी श्रीमती जमुना वलीलाई बन्दुक देखाउँदै मारिदिने धम्की दिएपछि उनी भागेकी थिइन ।
जमुना राति घरबाट भागेर बाहिर गइ अस्थायी प्रहरी पोष्ट पुल्लाचौरमा फोन गरी सुरक्षाको माग गरेकी थिइन्।
राति साढे १२ बजेतिर पुल्लाचौर बाट प्रहरी पुगेपछि श्रीमती जुमनासहित प्रहरीले ढोका खोलेर हेर्दा उनी घाइते अवस्थामा फेला परेका थिए।
पसलको माथिल्लो तलाको सुत्ने कोठामा दाहिने कुमको भागमा गोली लागेको अवस्थामा फेला परेका थिए । सोही कोठामा एउटा भरुवा बन्दुकपनि फेला परेको प्रहरी निरीक्षक थापाले बताए ।
मध्यम अवस्थाका घाइते वली बोल्न सक्ने अवस्थामा छन्। घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ।