काठमाडौं तारकेश्वर क्षेत्रबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुर–१, कैलाली घर भएका २३ वर्षीय शिवराज धमला छन्। हाल उनी काठमाडौँको मनमैजुमा बसोबास गर्दै आएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार धमलाको साथबाट इन्सास राइफल-१ थान,सटगन-१ थान,चाइनिज पेस्तोल- १ थान र गोली २० थान बरामद भएको हो।
प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।