विशेष अदालतले काठमाडौंले कार्यालय तोडफोड तथा आगजनी गर्नेविरूद्ध प्रहरीमा जाहेरी दिएको छ।
अदालतले बुधबार जिल्ला परिसर काठमाडौंमा जाहेरी दिएको हो।
अदालतमा ६ करोड ८८ लाख २८ हजार रूपैयाँ क्षति भएको भन्दै जाहेरी दिएको स्रोतले जानकारी दिए।
'हामीले तोडफोड तथा आगजनी गर्नेहरूको भिडिओ/फोटोसहित प्रहरीमा जाहेरी दिएका छौं,' स्रोतले भन्यो, 'अब आगजनी तथा तोडफोड गर्नेहरू खोजेर कारबाही गर्छ।'
भदौ २३ गते ३ बजेतिर अदालतको भवनमा आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेका थिए।
आगजनी भएको भवन र सामग्रीको मूल्यांकन गरेर क्षति रकम अनुमान गरिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
जिल्ला प्रहरी परिसरले पनि जाहेरी आएको र अहिले अध्ययन गरिरहेको उनले जानकारी दिए।