अर्घाखाँचीको दुर्गाफाँटमा सोमबार बेलुका भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
पाणीनी गाउँपालिका–३ दुर्गाफाँटमा साँझ निगालीबाट दुर्गाफाँटतर्फ आइरहेको ना३६प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। 
दुर्घटनामा मोटरसाइकल चालक पाणिनी –४ निगालीका १८ वर्षीय गौतम विक र सोही मोटरसाइकलमा सवार २४ वर्षीय सागर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिवस जिसीले जानकारी दिए।
 
सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष घर्तीको गुल्मीको  खज्र्याङमा रहेको अस्पतालमा उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ। एउटै मोटरसाइकलमा तीन जना सवार रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।