बिपी राजमार्गमा बिहीबार राति सवारी साधन चलाउन रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रे र सिन्धुलीले सूचना जारी गर्दै बिपी राजमार्ग बन्द हुने जानकारी दिएको हो।
काभ्रेले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म र सिन्धुलीले सोही समय अवधिमा १३/१४ गते बीपी राजमार्ग बन्द हुने विज्ञप्तीमार्फत् जानकारी दिएको छ।
राेशी खोला जलाधार क्षेत्रमा वर्षा भइरहेका कारण बहाव बढ्नसक्ने अवस्थालाई ध्यानमा राखेर बिपी राजमार्ग बन्द गरिएको हो। यसअघि असोजमा पनि भारी वर्षालाई ध्यानमा राखेर उक्त सडक राति बन्द गरिएको थियो।