काठमाडौंमा हतियारसहित २ जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-१८ ढल्कुबाट हतियारसहित दुई जना पक्राउ परेका हुन्।
नुवाकोट लिखु गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१७ बस्ने २३ वर्षीय समिर श्रेष्ठ र काभ्रे पनौती नगरपालिका-१० घर भई काठमाडौं नगरपालिका-१६ बस्ने २३ वर्षीय एलेक्स नेपाली पक्राउ परेका हुन्।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलबार राति ८ बजे हतियारसहित पक्राउ गरेको हो।
उनीहरूको साथबाट एक थान पेस्तोल, एक थान म्याग्जिन र १२ राउण्ड गोली बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।
एसपी आचार्यका अनुसार उनीहरूलाई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्दामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।