काठमाडौंमा एक ग्राम ६२० मिलिग्राम लागु औषध र २५ हजार नगदसहित एक जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकबाट अवैध लागुऔषध ब्राउनसुगर १ ग्राम ६२० मिलिग्राम र २५ हजार नगदसहित एक जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका-१० घर भएका २९ वर्षीय रामबहादुर दुलाल छन्।
उनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले लागुऔषधसहित मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
साथै अर्का एक व्यक्तिलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिइएको छ।