ऐतिहासिक नुवाकोट दरबार (साततले दरबार) को पुनर्निर्माण कार्य अझै जारी छ।
२०७२ को विनाशकारी भूकम्पले अधिक क्षति पुर्याएको यो सम्पदाको पुनर्स्थापनाका लागि नेपाल र चीन सरकारबीच भएको सम्झौतापछि चिनियाँ टोलीले आर्थिक वर्ष २०८०/८१ मा नै काम थालेको छ। नुवाकोट दरबारलाई साततले दरबार पनि भनिन्छ।
काठमाडौंबाट करिब ७५ किलोमिटर उत्तर–पश्चिममा अवस्थित यो दरबार वि.सं. १८१९ मा पृथ्वीनारायण शाहले ललितपुरका कालिगढहरूलाई लगाएर निर्माण गरेका थिए। मल्ल शैलीको वास्तुकलामा बनेको यो दरबार नौतले संरचना थियो। जसलाई नब्बे सालको भूकम्पले सात तले बनाइदियो। भूकम्पपछि दरबारको मुख्य भवनका साथै रङ्गमहल, गरढघर, तलेजु भवानी मन्दिर, सेतोपाटी, लाम्पाटी र विष्णु मन्दिर जस्ता संरचनाहरू ध्वस्त भएका थिए।
पर्यटकहरूलाई प्रवेशमा प्रतिबन्ध लगाइएको थियो। स्थानीयहरूले वर्षौंसम्म यसको संरक्षणको माग गर्दै आएका थिए। चीन सरकारको सहयोगमा नुवाकोट दरबार संरक्षण कार्यालयले पहिलो चरणमा दरबारको मुख्य द्वारबाट नै काम सुरू गरेको छ।
अहिले काम धमाधम भए पनि सम्पन्न भइसकेको छैन। चिनियाँ प्राविधिक टोलीले स्काफोल्डिङ राखेर निर्माण सामग्री भण्डारणका लागि दुई वटा झुपडी बनाएका छन्। दरबारको मौलिकता कायम राख्दै गरढघर र रङ्गमहलको पुनर्निर्माण प्राथमिकतामा छ। यसपछि तलेजु मन्दिर, सेतोपाटी र विष्णु मन्दिरहरूको पालना हुनेछ। पुनर्निर्माण सम्पन्न भएपछि यो क्षेत्रलाई पर्यटकीय हब बनाउन सकिन्छ। नुवाकोट दरबार नेपालको एकीकरण इतिहासको जीवन्त साक्षी हो। यसको पुनर्स्थापनाले सांस्कृतिक धरोहर मात्र होइन पर्यटन अर्थतन्त्रलाई पनि बलियो बनाउनेछ। स्थानीय, सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्यमा यो कार्य छिट्टै सम्पन्न होस् भन्ने अपेक्षा सबैको छ।
तस्बिरहरू
-1761638218.jpg)
-1761638218.jpg)
-1761638216.jpg)
-1761638217.jpg)
-1761638217.jpg)
-1761638215.jpg)
-1761638213.jpg)
-1761638214.jpg)
-1761638214.jpg)
-1761638212.jpg)
-1761638211.jpg)
-1761638213.jpg)
-1761638212.jpg)
-1761638210.jpg)
-1761638211.jpg)
-1761638210.jpg)
-1761638210.jpg)
-1761638208.jpg)
-1761638209.jpg)
सबै तस्बिर: न्युज एजेन्सी नेपाल/अनुप प्रधान