काठमाडौंका विभिन्न स्थानमा छठ पर्वको तयारी भइरहेको छ।
काठमाडौंको गौरीघाटमा मैथिली समुदायले मनाउन थालेको छठ पर्वको तयारी पनि सुरू भएको छ। छठ पर्वका लागि गौरीघाट नदी किनारामा सरसफाइ र सजावटको कार्य सुरू भएको छ।
खासगरी, तराईमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ।
यस पर्वमा नदी, ताल, लघु ताल, र पोखरीको किनार सिँगारेर घाट तयार गरिन्छ। केराका थम्बा, झिलिमिली बत्ती र सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइन्छ।
छठको तयारी तीव्र रूपमा भइरहेको छ र यस पटक गौरीघाटमा ६१० स्टलहरू तयार भइरहेको गौरीघाट छठ विकास समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए।
सो स्टल प्रयोग गर्न प्रति व्यक्तिले १५०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
तस्बिरहरूः




























सबै तस्बिरः न्युज एजेन्सी नेपाल।