मनसुनी वर्षाले देश छोडे सँगसँगै चिसो हावाकाे सिरेटो सुरू भएको छ।
यो चिसो माैसमसँगै आएका छन् बसाइँ सर्ने चराहरू। बसाइँसराइ गरी बर्सेनि १०० भन्दा बढी प्रजातिका चराहरू नेपाल आउने गर्छन्।
त्यसमा पनि धेरैजसो पानी चरा र हाँसहरू हुन्छन्। चिल, बाज, फिस्टे, गिद्ध जस्ता अरू चराहरू पनि उपयुक्त मौसमको खोजीमा नेपाल आइपुग्ने गर्छन्।
हालसम्म ९०० भन्दा बढी प्रजातिका चराहरू नेपालमा अभिलेख भएका छन्।
कयौं प्रजातिका चराहरू नेपालमा विश्राम मात्र गरेर अन्य देशहरूमा जाने गर्छन् भने कर्याङकुरूङ जस्ता अन्य कयाैं प्रजातिका चराहरू नेपालमा विश्राम नगरी आकाशबाटै भारततर्फ जाने गर्छन्।
जाडो याममा नेपाल आउने चराहरूले कोशी, कर्णाली, नारायणी, राप्ती, फेवाताल, जगदिशपुर ताल, घोडाघोडी ताल, बर्जु ताल जस्ता ठूला ठूला नदी र पोखरीहरूमा बस्न रूचाउने गर्छन्।
हरेक वर्ष जनवरी महिनामा देश वरिपरिका प्रमुख बासस्थानहरूमा बसाइँ सरेर आउने पनि चराहरूकाे गणना हुन्छ र लाखाैंको सङ्ख्यामा अभिलेख गरिन्छ।
चखेवा, खोया हाँस्, आसिढुँडे, ध्वाँसे फिस्टो, खड्खडे हाँस, सुइँरोपुच्छ्रे, आदि चराहरू ठूलो सङ्ख्यामा नेपाल आउने गर्छन् भने श्वेतमाथा कलहाँस, देवदूत मनितुन्दक, देवहाँस जस्ता चरा भने निकै कम संख्यामा आउने गर्छन्।
देशका विभिन्न ताल, नदी र स्थानहरू खिचिएका बसाइँसराइ गरी आएका चराहरू:
-1761379683.jpg)
-1761379683.jpg)
-1761379682.jpg)
-1761379682.jpg)
-1761379681.jpg)
-1761379681.jpg)
-1761379682.jpg)
-1761379680.jpg)
-1761379678.jpg)
-1761379677.jpg)
-1761379678.jpg)
-1761379680.jpg)
-1761379679.jpg)
-1761379679.jpg)
-1761379677.jpg)
-1761379677.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी