कपिलवस्तु प्रहरीले अपरहणमा परेका भनिएका दुई जना बालकको सकुशल उद्धार गरेको छ।
आइतबार वाणगंगा नगरपालिका– ४ का ६ वर्षीय र ७ वर्षीय बालक अपहरणमा परेका थिए। उनीहरूलाई प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए।
उनका अनुसार बालकहरू खेलिरहेको अवस्थामा अन्जान मानिसले मोटरसाइकलमा लगेको भनेर प्रहरीकोमा सूचना आएको थियो। सूचना पाएको दुई घण्टामा नै उनीहरूलाई डेढ घन्टामै उद्धार गरेको डिएसपी सिंहले बताए।
प्रहरीले बालकहरूका नातेदार पर्ने व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान समेत गरिरहेको जनाइएको छ।
‘अपहरणमा परेको सूचना पाउना साथ हामीले अनुसन्धान गरी बालकको सकुशल उद्धार गरेका हौं,' उनले भने, 'नातेदार समेत रहेका व्यक्तिलाई नियन्त्रणमा लिएका छौं। त्यसैले प्रहरीले पाएको सूचना सही थियो वा थिएन भन्नेबारे थप अनुसन्धान हुनेछ।’