प्रहरीले घोराहीस्थित एक लजमा मध्यरात छापा हानेर लजका म्यानेजरसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ।
घोराही उपमहानगरपालिका –१५ का खिमबहादुर डाँगी, पंकज न्यौपाने, सूर्य बोहरा, आकाश लम्साल, गोविन्द डाँगी, रजनिस चौधरी, घोराही–१४ का विष्णु गुप्ता, तुलसीपुर उपमहानगरपालिका–९ का गमबहादुर चलाउने, वीरबहादुर बस्याल, तुलसीपुर–६ का सुरेन्द्र हमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए।
उनका अनुसार जुवाको खालबाट एक लाख ८८ हजार बढी नगद पनि बरामद गरिएको छ।
प्रहरीले एक लजमा जुवा खेलिरहेको भन्ने सूचना पाएको थियो। सोही आधारमा प्रहरीले छापा मारेको थियो।
पक्राउ परेका सबैलाई म्याद थपका लागि जिल्ला अदालत घोराही लगिएको प्रहरीले जनाएको छ।