नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिह्न पाएका छन्।
शुक्रबार दिउँसो प्रधान कार्यालय नक्सालमा आइजिपी चन्द्रकुबेर खापुङले चार जना एआइजीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
एआइजीमा बढुवा भएका सुशिल सिंह राठौर, उमा प्रसाद चतुर्बेदी, हिमालयकुमार श्रेष्ठ र डम्बर बहादुर बिकले चिह्न पाएका हुन्।
दर्ज्यानी चिह्न प्रदान गर्दै आइजिपी खापुङले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।
राठौरलाई अपराध अनुसन्धान विभाग, चतुर्वेदीलाई कार्य विभाग, श्रेष्ठलाई प्रशासन विभाग र विकलाई प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले चारै जनालाई बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ।