नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुनुपर्नेमा आफ्नो पार्टी रहेको र त्यसका लागि अरू राजनीतिक दलसँग पन छलफल गरिरहेको बताएका छन्।
महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सकेर बाहिरिने क्रममा सोमबार अध्यक्ष प्रचण्डले आगामी फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने र पार्टी चुनावको तयारीमा जुट्ने निर्णय केन्द्रीय समितिले गरेको बताए।
‘हामीले घोषित मितिमा चुनाव हुनुपर्छ। सबै राजनीतिक दल चुनावमा भाग लिनुपर्छ। हाम्रो पार्टी सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ र अगाडि बढ्छ भनिसकेका छौं। अहिले अन्य राजनीतिक दलसँग संवाद भइरहेको छ, मलाई लाग्छ- केही दिनपछि त्यसको परिणाम आउँछ,’ उनले भने।