धनगढीबाट पोखराका लागि छुटेको बा २ ख१९०७ नम्बरको बस शनिबार दिउँसो दुर्घटनामा परेको छ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार धनगढीको बोराडाँडी सडक खण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य १२ जना घाइते भएका छन्।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ का ६२ वर्षीय गणेशबहादुर शाही छन्।
बसमा सवार बाँकी सबै १२ जना घाइते भएका छन्। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ।
घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार जारी छ।