सप्तरीको राजविराजमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।
हुलाकी सडक खण्डअन्तर्गत जिल्लाको खड्क नगरपालिका–११ बनौलीमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार बोदेबर्साइनबाट राजविराजतर्फ आउँदै गरेका मोटरसाइकल दुर्घटनामा परेका हुन्।
दुर्घटनामा मधेस प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकल चालक खड्क नगरपालिका–१० बेल्हाका २८ वर्षीय चिन्तामणि चौधरी र मधेस प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकलका चालक सुरूंगा नगरपालिका–७ बस्ने २७ वर्षीय सोविन चौधरीको मृत्यु भएको उनले जानकारी दिए।