बंगालको खाडी हुँदै भित्रिएको जलवाष्पयुक्त मनसुनी वायुले काठमाडौं उपत्यकासहित गण्डकी, लुम्बिन, मधेस, कोशी प्रदेशका केही स्थानमा वर्षा गराइरहेको छ।
काठमाडौंमा मध्यम वर्षा भइरहेको छ। मौसमविद् विनोद पोखरेलले मधेसमा भारी वर्षा हुन थालेको बताएका छन्।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापकसमेत रहेका पोखरेलले यो सुरूआत भएको र अझै वर्षा बढ्ने बताएका छन्। अर्को पानी पार्ने प्रणाली आइरहेकाले त्यसले झन् ठूलो पानी पार्ने उनको प्रक्षेपण छ।
उनले आज दिनभरि नै र राति भारी वर्षा हुने बताएका हुन्।
मौसम विभागका अनुसार पछिल्लो एक घन्टामा धनुषाको तुलशीमा १४ मिलिमिटर वर्षा भएको छ। सर्लाहीको मनुस्मारामा १५.२, धनुषाको चिसापानी बजारमा १३.२, कमला नदीमा १३.२, रौतहटको गरूडामा १०.२, बाराको कलैयामा ११.२ मिलिमिटर वर्षा भएको छ।