अविरल वर्षात् पछि धादिङस्थित जवाङ खोलामा पहिरो खस्ता पृथ्वी राजमार्गस्थित मुग्लिन–नागढुंगा सडक खण्ड अवरूद्ध भएको छ।
उक्त खण्डमा शनिबार बिहान ५ः५५ बजे पहिरो खसेको हो। अहिले पनि पहिरो खसिरहेकाले र वर्षात क्रमशः बढिरहेकाले पहिरो पन्छाउन समस्या भएको चितवन रामनगरस्थित रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले बताएको छ। जवाङ खोलामा यसअघि पनि सुख्खा पहिरो खसेको थियो।
मुग्लिन–नारायणगढ खण्डमा पनि ठाउँठाउँमा ढुंगा खसिरहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।