कर्णाली नदीको चिसापानी खण्डमा एक जनाको शव फेला परेको छ।
माछा मार्ने क्रममा डुबेका ४७ वर्षीय एक पुरूषको शव शुक्रबार फेला परेको हो।
नेपाली सेना श्री सुदूरपश्चिम पृतना तालिम शिक्षालय, कैलालीबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा गरिएको खोज तथा उद्धार कार्यका क्रममा सो शव भेटिएको हो।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल प्रहरीको जिम्मा लगाइएको छ।