विजया दशमीको दिन बेलुकी तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीमा ६५ वर्षीय सन्तु चौधरीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ।
राप्ती राजमार्गअन्तर्गत हरिपौरीमा बेलुकी साढे ७ बजेतिर पैदल हिँडिरहेका चौधरीलाई एक मोटरसाइकलले ठक्कर दिएलगत्तै प्रहरीले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएको थियो।
डाक्टरले बेलुकी ८ बजेतिर चौधरीलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले बताए।
इप्रका तुलसीपुरका डिएसपी होमबहादुर पराजुलीका अनुसार मृतक चौधरीको घाउ नियाल्दा सुरूमा मोटरसाइकलको लेग-गार्डले खुट्टामा ठक्कर दिएको देखिन्छ। त्यसपछि चौधरी सन्तुलन गुमाउँदै सडकमा उत्तानो मुख बजारिएका थिए।
स्थानीयले मोटरसाइकलमा दुई जना सवार रहेको बताएका छन्। नम्बर भने खुलाउन सकेनन्।