यस वर्ष असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे दसैं टीकाको उत्तम साइत छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो।
यस वर्षको दसैं असोज ६ गतेदेखि सुरू भएको हो।
असोज १३ गते सोमबार फूलपाती, असोज १४ गते मंगलबार महाअष्टमी र कालरात्रि परेको थियो। असोज १५ गते बुधबार महानवमी र असोज १६ गते बिहीबार दशमी छ।
असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा परेको छ।