सशस्त्र प्रहरी बलले सिरहाको भगवानपुर गाउँपालिकाबाट स्रोत नखुलेको सात लाख ५० हजारसहित एक जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भगवानपुर-४ जमुवाटोलका ४५ वर्षीय ओमप्रकाश साहलाई गरेको हो।
सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार साह लौकाहाबाट भगवानपुर चोकतर्फ पैदल जाँदै गर्दा शंका लागेर जाँच गरिएको थियो।
सो क्रममा ओमप्रकाशका साथबाट उक्त नगद रकम फेला परेको हो।
रकमको स्रोतबारे सोधपुछ गर्दा कुनै वैध प्रमाण प्रस्तुत गर्न नसकेपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भण्डारीले बताए।
सशस्त्र प्रहरीले यो रकम अवैध हुण्डी कारोबारमार्फत आएको हुनसक्ने आशंका गरेको छ। सीमावर्ती क्षेत्रमा हुने यस्ता अवैध वित्तीय कारोबार रोक्न सशस्त्र प्रहरी बलले निगरानी र सक्रियता बढाएको प्रहरी उपरीक्षक भण्डारीले बताए।
पक्राउ परेका ओमप्रकाशलाई बरामद रकमसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको उनले जानकारी दिए।