काठमाडौंको तारकेश्वरमा एक युवती मृत भेटिएकी छन्।
सोमबार बिहान तारकेश्वर नगरपालिका-८ स्थित फुटुङस्थित टुसाल खेल मैदान नजिकै रेलिङमा झुन्डिएको अवस्थामा एक युवती मृत भेटिएकी हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार मृत भेटिएकी युवती अन्दाजी २२/२३ वर्षकी छन्।
घटनाबारे जानकारी प्राप्त भएपछि टोली खटिएको एसपी बोहराले जानकारी दिए।
'टोली खटिएको छ। अनुसन्धान भइरहेको छ,' उनले भने।