चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन्।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौंतर्फ खसीबोका लिएर जाँदै गरेको भे १ क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा नै आइतबार बिहान पल्टिएको थियो।
दुर्घटनामा खसीबोका गरी १९ वटा मरेको उनले जानकारी दिए।