जाजरकोटमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जारकोटमा बिहान ६ः३३ बजे ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो।
पश्चिम नेपालमा पुस यता मात्रै ५ वटा भूकम्पको धक्का महसुस गरिएको छ।
पुस २ गते बझाङ केन्द्र गरेर ४.३ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यस्तै पुस ३ गते बझाङमै ४.१, पुस ५ गते बाजुरमा ५.२ म्याग्नेच्युडको भूकम्प गएको थियो। पुस ९ गते दार्चुलामा ४.० म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।