मोरङमा जुवा खेलिरहेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार राति १२ बजे कटहरी गाउँपालिका वडा-२ प्रभुकुमार साहको घरमा जुवा खेलिरहेका ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
उनीहरूबाट १ लाख १९ हजार ५ सय रूपैयाँ बरामद गरेको छऽ
प्रभुकुमारसहित कटहरी गाउँपालिका-२ का ३२ वर्षीय सरोज ठाकुर, २८ वर्षीय सुजन साह, ६३ वर्षीय सुधीर बोहरा, ४६ वर्षीय प्रदिपकुमार साह, ४९ वर्षीय नारायण साह, ५३ वर्षीय शंकर साह, ३० वर्षीय सञ्जय रौनियार पक्राउ परेका हुन्।
प्रभुकुमारको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो। मोरङ र वडा कार्यालय विराटनगरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी जोशीले बताए।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।