त्रिभुवन विश्वविद्यालयमा बुधबार शोक बिदा दिइने भएको छ।
त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमबहादुर श्रेष्ठले मंगलबार सूचना निकालेर त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य शर्माको निधनमा बुधबार शोक बिदा दिने उल्लेख गरेका छन्।
सेवा आयोगका पूर्वअध्यक्ष शर्माको कात्तिक १६ गते निधन भएको थियो।
शर्माको निधनमा त्रिवि केन्द्रीय कार्यालयलगायत त्रिविका सम्पूर्ण निकायहरू बन्द रहने सूचनामा उल्लेख छ। २०७२ चैत ४ गते त्रिवि कार्यकारि परिषदको बैठकले त्रिवि पदाधिकारी र पूर्वपदाधिकारीको निधनमा शोक बिदा दिने निर्णय गरेको थियो।