काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका सुरू भएको छ।
भाइटीकाको साइत बिहान ११:३७ बजे भएपनि बालगोपालेश्वरमा भने बिहानैदेखि भाइटीका लगाउन सुरू भएको हो।
रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर भाइटीकाको दिनमात्रै खुल्छ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।
बिहानैदेखि भाइटीका लगाउन सुरू भएको बालगोपालेश्वरमा भाइटीका लगाउनेको भिड छ।
तस्बिरहरूः