धादिङको मलेखु-धादिङबेशी सडक खण्डमा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ।
बिहीबार मध्याह्न १२:०५ बजे काठमाडौंबाट जाँदै गरेको ग्रामीण यातायातको बा ४ ख ४४५९ नम्बरको बस र बुङचुङबाट फुर्केखोला जाँदै गरेको ना ५ ख ६४७० नम्बरको ट्रक कालुपाण्डे मार्गस्थित सिद्धलेक गाउँपालिका-५ मावी खोलामा ठोक्किएका हुन्।
साँघुरो सडकमा साइड दिने क्रममा बस र ट्रक ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर मुन्नाकुमार अधिकारीले जानकारी दिए।
दुर्घटनामा मानवीय क्षति भने नभएको उनले बताए।
'साइड दिने क्रममा ठोक्किएपछि ट्रकको वायाँ साइडको चक्का नालीमा खसेको रहेछ। दुवै सवारी साधनमा सामान्य क्षति पुगेको छ। मानवीय क्षति छैन,' इन्स्पेक्टर अधिकारीले सेतोपाटीसँग भने।
दुर्घटनापछि अवरूद्ध भएको सडक आधा घन्टामा दुईतर्फी नै सञ्चालनमा आएको इन्स्पेक्टर अधिकारीले बताए।
तस्बिरहरूः