आज काठमाडौंको टुँडिखेलमा हुने फूलपाती बढाइँ समारोहको लागि ग्राण्ड रिहर्सल गरिएको छ।
हनुमानढोका दरबार स्क्वायरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने क्रममा नेपाली सेनाद्वारा २१ तोपको बढाइँ गर्ने चलन रहेको छ।
फूलपाती बढाइँ कार्यक्रमका लागि सैनिक मञ्च टुँडिखेललाई सिँगार्ने काम भइरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह गरिने छ।
बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा फूलपाती बढाइ समारोह–२०८० लेखिएको ब्यानर प्रदर्शन, पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गर्ने गरिन्छ।
तस्बिरहरू:
-1728389206.jpg)
-1728389206.jpg)
-1728389206.jpg)
-1728389205.jpg)
-1728389204.jpg)
-1728389204.jpg)
-1728389204.jpg)
-1728389205.jpg)
-1728389204.jpg)