धादिङको झ्याप्ले खोलाको पहिरोमा दुई दिनमा ३५ जनाको शव फेला परेको छ।
आइतबारमात्रै २१ जनाको शव फेला परेको छ भने शनिबार १४ जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
झ्याप्ले खोलामा चार वटा गाडी पुरिएको अवस्थामा फेला परेको हो। ती गाडी र पहिरोमा पुरिएको अवस्थामा शवहरू फेला परेका हुन्।
शव निकाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएका छन्। अझै खोजी कार्य जारी छ।
शवको पोष्टमर्टम गर्न काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पताल ल्याइएको छ।
यस्तै देशभरि विभिन्न ठाउँमा दुई दिनमा बाढी-पहिरोमा परी ज्यान गुमाउनेको संख्या १४८ पुगेको नेपाल प्रहरीले जनाएको छ। त्यस्तै ५५ जना अझै बेपत्ता नै छन्।
हेर्नुस् झ्याप्ले खोलामा गएको पहिरोको भिडिओ: