झ्याप्ले खोलामा पहिरोमा पुरिएका गाडी र त्यसमा सवार यात्रुहरूको खोजी भइरहेको छ।
पहिरोमा पुरिएको अवस्थामा आइतबार बिहान थप एउटा बस फेला परेपछि खोजी कार्य थालिएको हो।
पुरिएको बस र यात्रु खोज्न नेपाल र प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख र काठमाडौं प्रहरी परिसर प्रमुख पनि घटनास्थल पुगेका छन्।
झ्याप्ले खोलामा अहिलेसम्म चारवटा गाडी पुरिएको भेटिएको छ। दुइटा बस र दुइटा माइक्रोबस गरी चार वटा गाडी पुरिएको भेटिएको छ।
गाडी पुरिएको ठाउँबाट अहिलेसम्म २८ जनाको शव निकालिएको छ।
आइतबार बिहान मात्रै थप गाडी पुरिएको स्थानबाट १४ जनाको शव निकालिएको हो।
यसअघि शनिबार राति सोही स्थानबाट १४ जनाको शव निकालेर पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।
झ्याप्ले खोलामा भेटिएको सबै शव त्रिवि शिक्षण अस्पताल ल्याइने प्रहरीले जनाएको छ।
तस्बिरहरूः