काठमाडौंको चोभारस्थित बागमती नदीमा विश्वकर्माको मूर्ति विसर्जन गरिएको छ।
मंगलबार विभिन्न मेसिन, उद्योग, कलकारखानालाई विश्वकर्माको प्रतीकका रूपमा पूजा गरिएको थियो।
साथै कतिपयले विश्वकर्माको मूर्ति बनाएर पूजा गरेका थिए।
पूजाको दिन मूर्ति घरमै राखेर भोलिपल्ट खोला नदीमा विसर्जन गर्ने चलन छ। त्यसअनुसार बुधबार चोभारस्थित बागमती नदीमा मूर्ति विसर्जन गरिएको हो।
हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गरिँदै आएको छ। यस दिनलाई विश्वकर्मा जयन्ती पनि भन्ने गरिन्छ।
तस्बिरहरू: