नयाँ बानेश्वरमा द्वन्द्वपीडितहरूले प्रदर्शन गरेका छन्।
बिहीबार दिउँसो द्वन्द्वपीडितहरूको विभिन्न समूहका प्रतिनिधिहरू उपस्थित भई नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
उनीहरूले संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयक सर्वोच्च अदालतको फैसलाहरु अनुरूप संशोधन गर्नुपर्ने माग गरेका छन्।
उनीहरुले पीडकलाई उन्मुक्ति दिने प्रावधानहरू संशोधनगर्न माग गरेका छन्।
सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धि विधेयक प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा छलफलको क्रममा छ।
आन्दोलित द्वन्द्वपिडितहरूले पीडकलाई उन्मुक्ति दिने प्रावधानहरू राष्ट्रिय सभाले संशोधनगर्न माग गरेका हुन्।
प्रदर्शनमा विभिन्न जिल्ला द्वन्द्व पीडितहरू सहभागी थिए।
तस्बिरहरूः