भक्तपुरको गठ्ठाघरमा* ट्रकले स्कुटर चालकलाई ठक्कर दिएको छ।
बिहीबार दिउँसो सवा २ बजेतिर कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।
स्कुटरमा सवार व्यक्ति ट्रकमा च्यापिएको उनले बताए। बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ ट्रकले ठक्कर दिएको हो।
ती व्यक्तिलाई निकाल्न क्रेनको प्रयोग गर्नुपर्ने उनको भनाइ छ। घटनास्थलमा क्रेन पुगिसकेको छ।
घटनास्थल अहिले तनावपूर्ण बनेको छ। दुर्घटनापछि मानिसहरू भेला भएर सडक अवरोध गरेका छन्।
आक्रोशित भिडले स्कुटर चालकलाई ठक्कर दिने ट्रकको सिसा तोडफोड गरेका छन्।
*यसअघि अन्यथा भएकोले सच्याइएको छ।