काठमाडौंको सिनामंगलस्थित एक होटलमा लागेको आगो नियन्त्रणमा आएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने प्रवेशद्वार अगाडि रहेको सिटी होटलमा आगलागी भएको हो।
उक्त आगलागी भएसँगै विभिन्न ठाउँको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको हो।
नेपाल आयल निगम, विमानस्थल र काठमाडौं महानगरका दमकलको प्रयोग गरी आगो नियन्त्रणमा लिइएको हो। होटलको स्टोर रूममा आगो लागेको हो।
तस्बिरहरू:














सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी