दार्चुलामा खोलामा अड्किएको अवस्थामा युवकको शव भेटिएको छ।
नौगाड गाउँपालिका–५ खारका ३५ वर्षीय मनवीर बोहरा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
उनी सोही ठाउँको सेलाबगर खोलाको बीचमा अड्किएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
मृतक बोहराको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।