तीन दिनदेखि परेको लगातारको वर्षाले तराईका जिल्लाहरु जलमग्न बनेका छन्।
अविरल वर्षाले रुपन्देही, कपिलवस्तु, दाङ, नवलपरासी लगायत तराई क्षेत्रको भूभाग डुबानमा परेको छ।
तगातारको वर्षाले पहाडी जिल्लाहरुमा बाढी पहिरोको जोखिम बढाएसँगै तराईका जिल्लाहरुमा बाढी र डुबानको जोखिम बढाएको छ।
वर्षाका कारण खोला नाला भरिएका छन्। खेतीयोग्य जमिन पनि डुबानमा परेको छ। कतिपय स्थानमा भर्खरै रोपिएको धान डुबानमा परेको छ भने कतिपय स्थानमा डुबान हुँदा धान रोप्न समस्या भएको छ।
कपिलवस्तुका लबनी, तौलिहवा, बहादुरगञ्ज, शिवपुर, चन्द्रौटा लगायतका क्षेत्रमा खेतीयोग्य जमिन र बस्तीहरु समेत डुबानमा परेका छन्।
सबै तस्बिरहरूः भगवती पाण्डे/सेतोपाटी