अविरल वर्षाका कारण राप्ती उपत्यका देउखुरीस्थित लुम्बिनी प्रदेशका मन्त्रालय डुबानमा परेका छन्।
आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय परिसर जलमग्न छन्। ती मन्त्रालयभित्र पानी समेत पसेको छ।
यी सबै मन्त्रालय एउटै कम्पाउन्डभित्र छन्। यहाँ भवन निर्माणको काम जारी छ।
निर्माणको काम जारी रहनु र उचित निकासको व्यवस्थापन नहुनुले गर्दा मन्त्रालयहरू डुबानमा परेका हुन्।
तस्बिर सौजन्य: सन्तोषकुमार गुप्ता