दाङमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
दुर्घटनामा परी गढवा गाउँपालिका–१ का ४४ वर्षीय सन्तोषकुमार योगीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते योगीको प्रस्तावित भालुबाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही भालुबाङ सडक खण्डको राप्ती गाउँपालिका– १ मा पूर्वतर्फ जाँदै गरेको रा १ ख २०६३ नम्बरको मिनी ट्रकले पश्चिमतर्फ आउँदै गरेको लु १४ प ४९९९ नम्बरको मोटरसाइकललाई दिउँसो ठक्कर दिएको थियो।
ठक्कर दिने सवारी साधन र घोराही- १३ का ३२ वर्षीय चालक राजकुमार विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।