इच्छाकामना-३ फिस्लिङ नजिकै सडकमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध बनेको छ।
शनिबार पौने २ बजेतिर लेदोसहितको पहिरोले राजमार्ग पूर्ण रूपमा बन्द भएको डिएसपी भेषराज रिजालले जानकारी दिए।
अहिले पहिरो पन्छाउने प्रयास भइरहेको उनले बताए।
यस्तै, इच्छाकामना-४ घोप्टे भीर नजिक ढुंगा सहितको पहिरो खसेको छ। पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध बनेको छ। पौने तीन बजेतिर पहिरो खसेको चितवन प्रहरीले जनाएको छ।