पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
दैलेख र कालिकोटको सीमानामा पर्ने गगने खाेलामा पहिरो खस्दा राजमनर्ग अवरुद्ध भएको हो।
अहिले कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
दहीखोला र कालिखोलाको बीचकाे गगने खाेलासँगै दैलेख खण्डको पादुका क्षेत्रमा पनि पहिरोले सडक अवरुद्ध भएको छ।
गगनेखोलामा ढुंगा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।
कालिकोट खण्डको टाकुल्ला,खल्लाघाट,सेरीघाट लगायतका ठाउँमा पनि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।