जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन निर्माण सकिएको छ।
काठमाडौंको भद्रकालीमा जिल्ला प्रहरी परिसरको भवन बनाइएको हो।
हनुमानढोकामा रहेको प्रहरी भवन २०७२ सालको भूकम्पमा भत्किएपछि काठमाडौं प्रहरी टेकुमा सरेको थियो।
हाल टेकुमा नेपाल आयल निगमको भवनमा परिसर बस्दै आएको छ।
हनुमानढोकामै रहेको अपराध अनुसन्धान कार्यालय भने मीनभवनमा भाडामा बस्दै आएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवनमा शनिबारदेखि नै सर्न थालिने एसएसपी बसन्त रजौरेले बताए।
असार २६ गतेपछि भने सम्पूर्ण कामकाज नयाँ भवनबाटै हुने गरी सर्ने परिसरको तयारी छ।
परिसर सरेसँगै मीनभवनबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पनि टेकुमा सर्ने तयारी छ।
तस्बिरहरू: