बाँकेमा पाँच किलो अफिमसहित दुई युवक पक्राउ परेका छन्।
सोमबार जाजरकोट शिवालय गाउँपालिका–७ भिउसका ५५ वर्षीय रामबहादुर शाही र बारेकोट गाउँपालिका–८ सेपुखोलाका ३५ वर्षीय पूर्णबहादुर बिक पक्राउ परेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।
उनका अनुसार इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर नगरपालिका–१४ स्थित शंका लागी चेकजाँच गर्दा उनीहरूको साथमा अफिम फेला पारेको हो।
'बिकले बोकेको झोलामा ५ केजी ८६५ ग्राम अफिम फेला परेको थियो,' उनले भने, 'घटनास्थलबाट शाहीले प्रयोग गरेको कर्णाली प्रदेश ०२–००२ प ११८६ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ।'
जिल्ला अदालत बाँकेबाट थप अनुसन्धानका लागि आज पाँच दिन म्याद थप गरिएको जनाइएको छ।