६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ।
सिआइबीले आइतबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यलयमा दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ।
६० किलो सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानबाट सिआइबीले २० जनालाई पक्राउ गरेको छ।
प्रहरीको उच्च स्रोतका अनुसार २६ जना अझै फरार छन्।
सिआइबीले पक्राउ परेका २० र फरार रहेका २६ गरी ४६ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको छ।
सिआइबीले पक्राउ परेकाहरूबाट २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख रूपैयाँ बिगो दाबी गरेको छ। पक्राउ परेकाहरूलाई संगठित अपराध, सुनको अवैध तस्करी लगायतमा सजाय माग गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले उक्त प्रतिवेदन अध्ययन गर्दैछ। उसले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ताको तयारी गरेको छ।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी