ललितपुरको बिएण्डबी अस्पतालमा एकै दिनमा तीन वटा रोबोटिक शल्यक्रिया भएको छ।
प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले नेपालमा पहिलोपटक रोबोटबाट ३ जना महिलाहरूको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ।
ल्याप्रोस्कोपिक सर्जन तथा आइभिएफ विशेषज्ञसमेत रहेकी डाक्टर शर्माले रोबोटिक प्रक्रियाबाट एक जना ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट र अर्की ३४ वर्षकी एक महिलाको पाठेघरको ट्युमर निकालेकी हुन्।
यो नेपालको इतिहासमा नै पहिलो शल्यक्रिया भएको डाक्टर शर्माको दाबी छ।
उनले शल्यक्रिया गर्दा भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डाक्टर लीना मेहरोटाले स्क्रिन सेयर गरेर अनुमगन गरिरहेकी थिइन्।