महोत्तरीमा भाउजूको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
औरही नगरपालिका वडा नम्बर ४ का ४६ वर्षीय रामजतन यादव पक्राउ परेका हुन्।
उनलाई अस्थायी प्रहरी पोष्ट कठुईर र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो।
घरायासी विवादको क्रममा उनले ४० वर्षीया भाउजु रीतादेवी यादवलाई कोदालो प्रहार गर्दा घाइते भएकी थिइन्।
उपचारको क्रममा उनको मृत्यु भएपछि रामजतनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।