काठमाडौंमा योग दिवस मनाइएको छ।
शुक्रबार बिहान काठमाडौंको नारायणचौरमा सयौंको संख्यामा उपस्थित भई योग अभ्यास गरी योग दिवस मनाइएको हो।
सरकारले पनि आज भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गरेको छ।
उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी हुनेछन्।
सरकारले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचार गरेको थियो। साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गरिएको थियो।
संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो।
महासभामा उक्त प्रस्ताव भारतले प्रस्तुत गरेको थियो।
तस्बिरहरूः