तमु समाज तनहुँले काठमाडौंमा घाटु भोज गरेको छ।
तमु गुरुङ समुदायले वैशाख पूर्णिमा अर्थात् चण्डीपूर्णिमामा नचाइने मौलिक नृत्य घाटु नाच सेलाए पश्चात गरिने घाटुभोज काठमाडौंमा आयोजना गरेको हो।
वैशाख पूर्णिमाको अवसर पारेर तीन दिनसम्म गुरुङ समुदायले लोक कथामा आधारित घाटु नाच नाच्ने गर्छन्। यसपालि पनि भर्खरै घाटु नाच सकिएको छ, तसर्थ घाटु भोज गरिएको हो।
घाटु धुरेसँगै गुरुङ समुदायले आफ्नो मौलिक नृत्य चुड्काको सुरूवात गर्छन्।
यसैबीच काठमाडौंको मनमैजुमा तमु समाज तनहुँले शनिबार घाटु भोजको आयोजना गर्यो।
काठमाडौंमा रहेका विभिन्न तमु गुरुङ समुदायका मानिसहरुको उपस्थितिमा घाटु भोज भएको हो। निम्तालुहरुले आ-आफ्नो समाजको तर्फबाट घाटुभोजमा चुड्का नाच देखाउने गरेका छन्।
तस्बिरहरूमा हेर्नुहोस् चुड्का नाच: