काठमाडौंको बलम्बुमा फ्लाइओभर पुल निर्माणको काम धमाधम भइरहेको छ।
बलम्बु-सिस्नेखोला सुरूङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुस्थित किसिपिडीमा फ्लाइओभर निर्माण भइरहेको हो।
राजमार्गबाट सुरूङमार्गतर्फ सवारी साधन मोडिँदा ट्राफिक जाम हुन सक्ने भएकोले यहाँ फ्लाइओभर निर्माण गरिँदैछ।
यो फ्लाइओभरको लम्बाइ एक सय २८ मिटरको र चौडाइ ७ मिटरको हुनेछ।
गत वैशाखमा दुई हजार ६६७ मिटर लम्बाइको बलम्बु-सिस्नेखोला सुरूङ ब्रेक थ्रु भइसकेको छ। आगामी एक वर्षभित्र सुरूङका सबै काम सकेर सवारी साधन सञ्चालनका लागि खुला गर्ने तयारी छ।
सुरूङभित्र सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडान लगायतका काम बाँकी रहेको छ।
तस्बिरहरू: